काठमाडौँ। काठमाडौँको पेप्सिकोलामा बसबाट खसेर ६५ वर्षीया वृद्धको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३२, पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट दोलखाको चरिकोट घर भएकी रामकुमारी भुजेल खसेर गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ADVERTISEMENT

दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।