काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन्।

आज आयोजित कार्यक्रममा नेकपा (एमाले) छोडेर नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गरिएको हो। संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा व्यक्त गरे।

ADVERTISEMENT

पार्टी प्रवेश गरेका पूर्वप्रमुख महर्जनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहनुभएकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

पूर्वनगरप्रमुख र पूर्ववडाअध्यक्षलाई नेकपाका नेता बामदेव गौतमलगायतले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका छन्।