काठमाडौं । निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘कस्तुरी’को छायांकन सुरु भएको छ । मंगलबार शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु भएको हो । चलचित्र काठमाडौं र आसपासका क्षेत्रमा छायांकन हुनेछ ।

चलचित्रको निर्देशन ऋत बोहोराले गर्दैछन् । रहस्य, सस्पेन्स र अपराधलाई चलचित्र समेट्ने उनले बताए ।

निखिल र वर्षाको यो पहिलो सहकार्य हो । चलचित्रमा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय रहनेछ ।

आफ्नो होम प्रोडक्सन ‘आचार्य’ को काम रोकेर निखिल बाहिरी ब्यानरमा निर्मित चलचित्र अभिनय गर्न लागेका हुन् । स्रोतका अनुसार आर्थिक अभावका कारण ‘आचार्य’ को बाँकी काम हाललाई रोकिएको छ ।