काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी मूल्यले कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

यसअघि बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार मात्रै सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँ रहेको थियो।

चाँदीको मूल्यमा पनि तोलामा २०५ रुपैयाँले वृद्धि भएको छ। आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

ADVERTISEMENT

मंगलबार मात्रै सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँ रहेको थियो।