काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले बढेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला दुई लाख ७८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । सोमबार त्यो रेकर्ड तोडिएको हो । यही रफ्तारले बढेमा एक महिनाभित्रै सुनको मूल्य तोलाको तीन लाख पुग्ने अनुमान गरिएको छ ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर पाँच हजार ८१० रुपैयाँ पुगेको छ ।
यसअघि चाँदीको मूल्यले गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।








