काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएको छ । शुक्रबार तोलामा ३४ सय बढेको सुनको भाउ आज एक हजारले घटेको छ। चाँदीको भाउ भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर आज तोलाको दुई लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

चाँदीको भाउ भने आज बढेको छ। ६५ रुपैयाा बढेर चाँदीको भाउ आज तोलाको पाँच हजार १० रुपैयाँ पुगेको छ। गत शुक्रबार तोलामा १३५ रुपैयाँ बढेर चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

ADVERTISEMENT