काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्न पार्टीले भरपूर प्रयास गरिरहेको उनले स्पष्ट पारे।
थापाले भोलिदेखि सबै नेता कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न आग्रह गरेका छन्। यो व्यक्तिगत प्रतिस्पर्धा नभई पार्टीको साझा अभियान भएको उल्लेख गर्दै उनले संगठनात्मक एकता र अनुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
पार्टीभित्र देखिएका मतभेदलाई अन्त्य गर्दै आधिकारिक उम्मेदवारको पक्षमा केन्द्रित हुनुपर्नेमा थापाको जोड रहेको छ।








