काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन–विश्व समूहद्वारा आयोजित विशेष महाधिवेशनलाई कानून र पार्टी विधानअनुसार वैधानिक मान्यता दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले उक्त विशेष महाधिवेशनलाई मान्य ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्ने निर्णय गरेको हो।
आयोगको यो निर्णयसँगै शेरबहादुर देउवा समूहले पेश गरेको दाबी अस्वीकृत भएको छ भने यसअघिको कार्यसमिति अमान्य भएको छ। आयोगले विशेष महाधिवेशन प्रक्रियागत रूपमा सही रहेको निष्कर्ष निकाल्दै पार्टीको आधिकारिक नेतृत्व संरचनामा गगन–विश्व समूहलाई मान्यता दिएको हो।
निर्वाचन आयोगको निर्णयलाई नेपाली कांग्रेसभित्रको लामो समयदेखिको आन्तरिक विवाद समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ भने अन्य निकाय जाने बाटो भने खुल्ला नै छ।







