काठमाडौँ । भारतको हिमाचल प्रदेश, सोलन जिल्लामा रहेको अर्की बजारमा भएको भीषण आगलागीमा ८ वर्षकी बालिका सहित ९ नेपालीको मृत्यु भएको छ। मृत्यु हुने सबै जना सिद्धकुमाख गाउँपालिका वडा नं. २, टाकुरा निवासी रहेका छन्।

नेपालमा छाक टार्न गाह्रो भएकाले रोजगारको सिलसिलामा उनीहरू भारतको सोलन जिल्लामा काम गर्दै आएका थिए। कामबाट फर्केर सुतेको बेलामा २७ गते राति ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागी भएको बताइएको छ।

ADVERTISEMENT

मृत्यु हुनेहरूमा धनबहादुर वि.क., कविता वि.क., राधा वि.क., रेनुका वि.क., राजन वि.क., काशिराम कामी, अनु वि.क., टिका वि.क., र किरण वि.क. रहेका छन्।

ADVERTISEMENT

घटना प्रति शोक व्यक्त गर्दै सिद्धकुमाख गाउँपालिकाले आज शोक बिदा घोषणा गरेको छ।