काठमाडौँ। भारतको सबैभन्दा भरपर्दो अन्तरिक्ष रकेट पिएसएलभी (PSLV)ले लगातार दुइवटा असफलताको सामना गरेको छ। पिएसएलभी-C61 २०७८ जेठ ४ र पिएसएलभी-C62 २०८२ माघ २८ मा प्रक्षेपण असफल भएपछि करोडौं डलर मूल्यका राष्ट्रिय सुरक्षा उपग्रह हराएका छन्। पिएसएलभी विगत ३३ वर्षमा ६४ पटक प्रक्षेपण भइसकेको छ, जसमा यसले चार प्रमुख असफलता भोगेको छ। विशेषतः २०७८ र हालको असफलता दुवै तेस्रो चरणमा भएको प्राविधिक समस्यासँग सम्बन्धित रहेको इसरो (ISRO) ले जनाएको छ।
उक्त रकेटलाई माघ २८ गते बिहान १०:१८ बजे आंध्र प्रदेशको श्रीहरिकोटामा रहेको भारतीय अन्तरिक्ष केन्द्रबाट इमेजिंग क्षमतायुक्त राष्ट्रिय सुरक्षा उपग्रह अन्वेषा (EOS-N1) र १६ वटा अन्य उपग्रह सहित प्रक्षेपण गरिएको थियो। इसरो प्रमुख डा. वी. नारायणनका अनुसार, रकेट प्रक्षेपणको तेस्रो चरणमा समस्या आएको कारण रकेट आफ्नो उडान मार्ग विचलित भएको हो।
पिएसएलभीलाई इसरोको सबैभन्दा विश्वासिलो रकेट मानिन्छ। यसले हालसम्म ६३ वटा सफल उडान पूरा गरिसकेको छ , जसमा चन्द्रयान-१, मंगलयान (MOM), आदित्य-L1 र एस्ट्रोस्याट जस्ता ठूलो मिशनहरू समेत समावेश छन्। २०७४ मा PSLV ले एउटै मिशनमा १०४ स्याटेलाइटहरू प्रक्षेपण गरेर विश्व रेकर्ड बनाएको थियो।




