काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ।
साधारणसभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हाल कायम चुक्ता पुँजीको (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसका साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृत गर्दै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
त्यसैगरी नियामक निकायको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) शीर्षकमा भएको खर्च अनुमोदन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्तिलाई स्वीकृति दिने प्रस्तावहरू समेत साधारणसभाबाट पारित भएका छन्।
सभामा कम्पनीको समग्र वित्तीय अवस्था, भावी योजना तथा बीमा सेवा विस्तारसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो। कम्पनीले आगामी दिनमा सेवा गुणस्तर र व्यवसाय विस्तारमा थप ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।






