काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउने सोमबारको दिन पशुपति दर्शन गर्न आउनेहरुका लागि निशुल्क बस सेवाको प्रबन्ध मिलाएको छ ।

दर्शनार्थीका लागि चारवटा बसको व्यवस्था मिलाइएको कोषले जनाएको छ । ती बसले चक्रपथ परिक्रमा गर्ने छन् । बसमा यात्रा गर्दा भाडा नलिने कोषले जनाएको छ। निशुल्क बस सेवा साउनका चार वटै सोमबार निरन्तर रहने बताइएको छ ।
पशुपतिमा आउने भक्तजनका लागि मारवाडी समाजले निस्शुल्क भोजनको व्यवस्था पनि मिलाएको छ । यो व्यवस्था सोमबार बाहेकका दिन पनि निरन्तर हुने समाजले जनाएको छ ।

ADVERTISEMENT