काठमाडौँ, प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची सार्वजनिक भएको छ। सूचीअनुसार ५६ जिल्लाबाट उम्मेदवारको प्रतिनिधित्व भएको छ भने २१ जिल्लामा प्रतिनिधित्व शून्य देखिएको छ।
खस आर्य समुदाय सुचीको पहिलो नम्बरमा पद्मा अर्याल, दोस्रोमा टुकाभद्र हमाल, तेस्रोमा निरुदेवी पाल, चौथोमा कोमल वली रहेका छन्। त्यस्तै अन्य खस आर्य उम्मेदवारमा नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द, गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा , हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल र लालबहादुर रावल रहेका छन्।
आदिवासी जनजाति तर्फका उम्मेदवारमा भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल र प्रेम घले रहेका छन्।
मधेसी समुदायको सूचीमा
रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव, चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह रहेका छन्।
दलित वर्गमा विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी, सावित्रा घिमिरे, जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली रहेका छन्।
थारु समुदायमा मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी, असरादेवी चौधरी, कृपाराम राना, शिवप्रसाद चौधरी र जजीर प्रसाद चौधरी रहेका छन् भने मुस्लिम समुदायका उम्मेदवारमा साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजीरन खातुन, मोहम्मद हारुन हलवाई र एकवाल मिया रहेका छन्।
निर्वाचन आयोगका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट समानुपातिक प्रतिनिधित्व शून्य छ।
झापाबाट ९ जनाको प्रतिनिधित्व रहेको छ। सूचीमा खस आर्य महिलामा नर्वदादेवी सिवाकोटी, मेनुका काफ्ले र लता प्रसाईं, दलित महिलामा नीता घतानी, दलित पुरुषमा जितबहादुर दर्जी गौतम र सोम पोर्तेल तथा मधेशी महिलामा बिना शाह महतो छन्।
एमालेले ११० जना समानुपातिक उम्मेदवारको नाम बुझाएको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा १६५ प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने छन् भने ११० जना समानुपातिक तर्फ प्रतिनिधि चयन हुने व्यवस्था छ।






