काठमाडौं । काठमाडौँ महानगरपालिका-२० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ ।

काष्ठमण्डप नजिकैका घरहरुमा बिहानै ४ बजेदेखि आगो लागेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार तीनवटा घरमा आगो लागेको छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ ।

ADVERTISEMENT

नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकासहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन् ।

ADVERTISEMENT

‘बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । क्षतिको विवरण संकलन हुँदै छ,’ उनले भनिन् ।