काठमाडौं । तिहारको मुख्य दिन बिहीबार भाइटीका हो । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिने, मिठामिठा खानेकुरा खुवाउने र दाजुभाइले पनि आफ्नो गच्छेअनुसार उपहार दिने चलन छ ।

भाइटीकाको दिन प्रधानमन्त्री सुशीला कार्कीको पनि कुनै पनि सार्वजनिक कार्यक्रम नरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सबैजना आज भाइटीकामा व्यस्त हुने भएकाले प्रधानमन्त्री कार्कीको पनि कार्यक्रम नराखिएको हो । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको आज कुनै पनि सार्वजनिक कार्यक्रम नरहेको जानकारी गराउँछौँ,’ प्रधानमन्त्री कार्कीको निजी सचिवालयले प्रेस नोट जारी गर्दै भनेको छ ।

बुधबार प्रधानमन्त्री झन्डै आधा दर्जन सार्वजनिक कार्यक्रम र राजनीतिक भेटघाटमा व्यस्त रहिन् । खासगरी निर्वाचनको वातावरण तयार गर्न र सरकारलाई पूर्णता दिन प्रधानमन्त्री कार्की गृहकार्यमा जुटेकी छन् ।