काठमाडौं । यो वर्ष साउन लाग्दा समेत मुलुकभर ७२.१४ प्रतिशत धान रोपाइ भएको छ ।
कृषि तथा पशुुपंक्षी विकास मन्त्रालयका अनुसार साउन ४ सम्म मुुलुकभर ९ लाख ९८ हजार २२८ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको हो । गत वर्ष सो अवधिमा ८४.६ प्रतिशत धान रोपाइ भएको थियो ।
यो वर्ष गत आवको तुुलनामा कम धान रोपाइ भएको तथ्याङ्कले देखाएको छ । साउनको पहिलो साता लाग्दा पनि सवै भन्दा कम मधेश प्रदेशमा ४६.८३ प्रतिशत एक लाख ७४ हजार ५०८ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ । मधेश प्रदेशमा पानी नपरेकोले पनि धान रोपाइ कमी भएको हो ।
अन्डभन्डार मानिने तराईमा रोपाई कम हुुँदा यो वर्ष धानको उत्पादन घट्ने अनुुमान गरिएको छ । धाबाली विज्ञ डा.उज्वलकुुमार कुुसवाले तराईमा धान रोपाइ कम हुुँदा उत्पादनमा कमी आउने जानकारी दिनुुभयो ।
तराईमा साउन पहिलो हप्ता सम्म धान रोप्दा उत्पादन हुुन्छ, यो वर्ष पानी नपरेकोले ६० देखि ७० प्रतिशत भन्दा बढी धान रोपाइ हुने नदेखिएकाले पनि उत्पादन घट्ने देखिएको उहाँले जानकारी दिनुुभयो ।
जति ढिलो रोपाइ भयो त्यति धानको उत्पादन घट्ने भएकाले पनि कम समय १२० दिनमा पाक्ने हर्दिनाथ १, हर्दिनाथ ३ धानका जात लगाउन उपयुुक्त हुने उहाँको भनाई छ ।
यस्तै कोशी प्रदेशमा ६१.७९ अर्थात एक लाख ७० हजार ७९० हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ । बागमति प्रदेशमा ८७.१९ प्रतिशत एक लाख २० हजार ५४५ हेक्टरमा धान रोपाइ भएको छ ।
यस्तै गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ । लुुम्बिनी र कर्णाली प्रदेशमा ८७.९३ प्रतिशत अर्थात तीन लाख २ हजार ९३९ हेक्टरमा धान रोपाइ सकिएको छ । सवै भन्दा धेरै सुुदुरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा धान रोपाइ भएकोछ ।
मुलुकभर १३ लाख ८३ हजार ७३२ हेक्टरमा धान रोपाइ हुने अनुुमान गरिएको छ । गत आवमा १४ लाख २० हजार हेक्टरमा धान रोपाइ भएको थियो । गत आवमा ५९ लाख ५० हजार मेट्रिक टन उत्पादन भएको थियो ।







