काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीले  निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घन्टी’ बाटै चुनाव लड्ने भएका छन्। उज्यालो नेपाल पार्टीका नेतृत्वकर्ता समेत रहेका कुलमान घिसिङ र रास्वपाबीच बालेन शाह साक्षि बसी कुलमान पहिलो वरियताको रास्वपा उपसभापति  हुने गरि  एकता भएपछि घन्टी नै लिएर मैदानमा उत्रिने भएका हुन्।

पार्टी स्रोतका अनुसार पार्टी एकता गरि पुराना दललाई पछि पार्ने उदेश्यले र बालेनलाइ पहिलो नम्बरको पार्टी बनाई संसदिय दलको नेता बनाएर प्रधानमन्त्री बनाउने सहमति पनि भएको जानकारी गराएको छ।