काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग आपूर्तिको अवस्थाका कारण सुनको भाउ घटबढ भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।विश्व बजारमा देखिएको अस्थिरता, अमेरिकी डलरको विनिमय दर तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थाले बहुमूल्य धातुको मूल्यमा प्रभाव पारिरहेको छ ।








