काठमाडौं। कृषि तथा पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको विवरणमा उनले आफ्ना व्यक्तिगत सम्पत्ति तथा आम्दानीका स्रोतबारे जानकारी दिएकी छन्।

सार्वजनिक विवरण अनुसार चौधरीले ५० हजार रुपैयाँ मूल्य बराबरको घडी प्रयोग गर्ने गरेको उल्लेख गरेकी छन्, जसलाई उनले स्वआर्जनबाट प्राप्त भएको बताएकी छन्। त्यस्तै, ९० हजार रुपैयाँ मूल्यको मोबाइल फोन र ७५ हजार रुपैयाँको ल्याप्टप पनि उनको सम्पत्तिमा समावेश छ।

ADVERTISEMENT

उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ। उक्त सुनचाँदीको स्रोत पैतृक तथा स्वआर्जन दुवै रहेको जनाइएको छ।

आर्थिक अवस्थातर्फ हेर्दा मन्त्री चौधरीको पाँच वटा बैंकमा गरी जम्मा १ लाख २६ हजार रुपैयाँ मौज्दात रहेको छ।

ADVERTISEMENT