काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा एक हजार एक सय रुपैयाँले घटेर आज सुन दुई लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।
मंगलबार सुनको भाउ तोलामा सात हजार नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ तोलामा एक सय २० रुपैयाँले घटेको छ । चाँदी तोलाको ४४ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर तोलाको ४५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।








