काठमाडौं। छापावाल सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु चार हजार ४२० कायम भएको छ। महासङ्घका अनुसार दुवै धातुको मूल्य हालसम्मकै उच्च हो।
यसअघि गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३०० र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो। सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि भई सुन प्रतितोला रु दुई लाख ६१ हजार ७०० र चाँदी रु चार हजार २३५ पुगेको थियो। मङ्गलबार भने भारी वृद्धिसँगै सुनको मूल्य प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा किनबेच भएको थियो।
विश्लेषकहरूका अनुसार अमेरिकी डलरको भाउ बढेसँगै सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको हो। अन्तरराष्ट्रिय बजारमा आज सुन एक औँस ४ हजार ५२५ अमेरिकी डलर र चाँदी एक औँस ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।







