काठमाडौं । २० वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुने गरि १३ बैंकले ब्याजदर घटाएका छन् भने ७ बैंकले ब्याजदर स्थिर राखेका हुन् ।

पुस महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ घटेर औसत ४.८३ प्रतिशतमा झरेको छ । मंसिरमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत थियो ।

ADVERTISEMENT

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

ADVERTISEMENT

यस्तै, माछापुच्छ्रे, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएबि र हिमालयन बैंकले  अघिल्लै महिनाको ब्याजदर कायम गरेका छन् ।

ADVERTISEMENT