काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा घोराही सिमेन्टको बोनस सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको १० प्रतिशत बोनस सेयरको आधरमा मूल्य समायोजन भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य ४ सय ५६.१० रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीका सेयर मूल्य ४ सय १४ रुपैयाँ ६४ पैसा रहेको छ ।
साथै, अब आइतबार कम्पनीहरूको समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा सेयर कारोबार हुनेछ ।








