काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।
नेप्सेमा माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर बापत समायोजन भएकाे छ । समायोजन अघि कम्पनीको सेयर मूल्य ६ सय ६९ रुपैयाँ रहेको थियो भने समायाेजन पछि ५ सय ५७.५० प्रतिशत रहेको छ ।
त्यस्तै, सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर बापत नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ५९ रुपैयाँ रहेको थियो भने समायोजन पछि प्रतिकित्ता ७ सय २२. ८६ रुपैयाँ रहेको छ ।
साथै, अब बुधबार कम्पनीहरूको समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा सेयर कारोबार हुनेछ ।





