काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, सर्वोतम सिमेन्ट, बरुण हाइड्रोपावर, कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको हो ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस बापत नेप्सेमा मूल्य समायोजन भएको हो । बैंकको समायोजन अघि सेयर मूल्य ४ सय २४ रुपैयाँ रहेको थियो भने समायोजन पछि ४ सय ११ रुपैयाँ ६५ प्रतिशत रहेको छ ।

ADVERTISEMENT

त्यस्तै, ङादी पावर ग्रुपको ५ प्रतिशत बोनस बापत सेयर मूल्य समायोजन भएको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य ३ सय ९७ रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य ३ सय ७९ रुपैयाँ ५७ पैसा रहेको छ ।

ADVERTISEMENT

सर्वोतम सिमेन्टको ५ प्रतिशतबोन सेयर बापत सेयर मूल्य समायोजन भएको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य ९ सय १३ रुपैयाँ रहेको थियो भने समायोजन अघि कम्पनीको सेयर मूल्य ८ सय ७०.३८ रुपैयाँ रहेको छ ।

त्यस्तै, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयर बापत नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन अघि सेयर मूल्य ३५३.९० रहेको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य ३३७.८५ रहेको छ ।

ADVERTISEMENT

साथै, कृषि विकास बैंकको ३.२५ प्रतिशत बापत सेयर मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन अघि ३ सय २८.९० प्रतिशत रहेको थियो भने समायोजन पछि कम्पनीके सेयर मूल्य ३ सय १८.५५ रुपैयाँ रहेको छ ।

साथै, अब आइतबार कम्पनीहरूको समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा सेयर कारोबार हुनेछ ।