काभ्रेपलाञ्चोक । यतिबेला पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसानहरु आलु भित्राउन व्यस्त देखिन्छन् । सो क्षेत्रमा धान रोप्ने र भित्राउने काम सकेपछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरी अहिले भित्राउने काम भइरहेको छ ।

सो क्षेत्रका किसानहरूले वर्षमा दुईपटक सम्म आलु उत्पादन गर्ने गर्दछन् । पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार वर्षेनी ६ देखि आठ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ।

ADVERTISEMENT

गत आर्थिक वर्ष २०८१/८२ मा सातअर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको देखिन्छ ।

नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको तथ्यांकको तथ्याङ्क देखिन्छ, यो उत्पादनले नेपाललाई ११ महिनाका लागि आत्मनिर्भर बनाएको देखाउँछ भने बाँकी एक महिनाका लागि आयात गर्नुपर्न अवस्था छ ।

ADVERTISEMENT

नेपालमा उत्पादित अधिकांश आलु घरेलु रुपमा खपतमा प्रयोग हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स र फिंगर चिप्स बनाउन आलुको प्रयोग हुन्छ।