काठमाडौँ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको शुक्रबार ३५औँ स्मृति दिवस मनाइँदैछ । नारायणगोपाल संगीत कोषले विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।
प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको सांगीतिक फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल स्वरसम्राट उपाधिबाट सम्मानित छन् ।
‘लौ सुन म भन्छु, मेरो रामकहानी’, ‘पर्खी बसेँ आउला भनीँ’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए कान्छा ठट्टैमा,’ ‘स्वर्गकी रानी’, ‘बिछोडको पीडा’, ‘जाग, लम्क, चम्क हे’, ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैँले रचेर फेरि,’ लगायत उनले स्वर र संगीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।





