काठमाडौं । विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।

रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

उनीहरूबीच विभिन्न पाँचवटा बुँदामा सहमति भएको छ । हस्ताक्षरपछि नेताहरुले मञ्चको साइडमा राखेको घण्टी बजाएका थिए ।

केही दिनअघि विवेकशील साझा पार्टीकी अध्यक्ष बाँस्कोटाले आफ्नो पार्टी निःशर्त रास्वपासँग एकतामा जाने सहमति भएको बताएकी थिइन्। बाँस्कोटासहित महासचिव रञ्जु दर्शनासहितको टोली पनि एकता प्रक्रियामा सहभागी भएको छ।

पूर्व संयोजक मिलन पाण्डेलगायतका केही विवेकशीलका नेता भने एकता प्रक्रियामा गएका छैनन्। पाण्डेले आइतबार बिहान आफू केही समय स्वतन्त्र रहेर ‘कुलिङ पिरियड’मा बस्ने घोषणा गरेका छन्। उनी विवेकशील पार्टी ब्युँताउने अभियानमा छन् ।