काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि २५०३.८५ बिन्दुमा आनाकानि गरिरहेको सेयर बजार यो साता भने २६७६.०३ को बिन्दुमा पुगेको छ । जेनजी आन्दोलनपछि राजनीतिक प्रभावले उतार–चढाव भोगिरहेको सेयर बजारमा यो साता पहिलोपटक पाँचै दिन हरियाली छायो ।
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११५.७४ अंकले बढ्दा २६७६.०३ को बिन्दुमा पुगेको छ । आइतबार देखि बिहीबारसम्म ६ करोड २९ लाख ९९ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १ सय ८९ रुपैयाँ कारोबार भएको छ ।
यस्तो छ साताको सेयर बजार
साताको पहिलो कारोबार दिन अर्थात् मंसिर ७ गते सेयर बजार ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा पुगेर बन्द भएको थियो । आइतबार ३ सय ३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९ सय २६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९ सय १६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार २ सय ३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको थियो भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । सो दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्म्क सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्य ७.६५ प्रतिशतले घटेको थियो ।
साताको दोस्रो कारोबार दिन अर्थात मंसिर ८ गते सेयर बजार ५०.४४ अंकले बढेर २६५०.६६ बिन्दुमा पुगेर बन्द भएको थियो । सोमबार ३ सय ३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार २ सय १५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको थियो भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । सो दिन झापा इनर्जि सहित ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्य ४.४४ प्रतिशतले घटेको थियो ।
साताको तेस्रो कारोबार दिन अर्थात ९ गते सेयर बजार ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा पुगेर बजार बन्द भएको थियो । मंगलबार ३ सय १९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६ सय ६३ लाख रुपैयाँ बराबर कारोबार भएको थियो ।
मंगलबार १ सय २२ कम्पनीको सेयर मूल्य बढेको थियो भने १ सय २५ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, सो दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्म्क सर्किट लागेको थियो भने जोर्शी इड्रोपावरको सेयर मूल्य ४.९६ अंकले घटेको थियो ।
साताको चौथो कारोबार दिन अर्थात मंसिर मंसिर १० गते सेयर बजार ९.६१ अंकले बढेर २६६५.६० बिन्दुले बढेर बन्द भएको थियो । बुधबार ३ सय २२ कम्पनीको १ करोड ३६ लाख २० हजार ८ सय ३८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैयाँ बराबर कारोबार भएको थियो ।
सो दिन १ सय ४२ कमपनीको सेयर मूल्य बढ्दा १ सय ४ कम्पनीको सेयर मूल्य घटेको थियो भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । बुधबार ४ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्य भने ३.९४ प्रतिशतले घटेको थियो ।
साताको अन्तिम कारोबार दिन अर्थात मंसिर ११ गते सेयर बजार १०.४३ अंकले बढेर २६७६.०३ को बिन्दुमा पुगेर बन्द भएको थियो । बिहीबार ३ सय ३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८ सय ७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १ सय ४३ रुपैयाँ बराबर कारोबार भएको थियो ।
बिहीबार १ सय ३१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २१ कम्पनीको सेयर मूल्य घटेको थियो ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, बिहीबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले घटेको थियो ।








