काठमाडौं । कामना सेवा विकास बैंकले मोरङ, बिराटनगर स्थित पारस अस्पतालसँग विषेश छुटको सम्झौता गरेको छ । बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालमा ५० प्रतिशतसम्म छुट सम्बन्धी गरेका हुन् ।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका छन् ।






