काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएका छन ।
साउन १ देखि लागुु हुने गरी वित्तियसंस्थाले ब्याजदर घटाएका हुन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगतदर घटाएसँगै बैंकले साउन महिनाको निक्षेपको ब्याजदर घटाएका हुन् ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा निक्षेप संकलन दर ३ प्रतिशतलाई २.७५ प्रतिशतमा झारेसँगै बैंकहरुल बचत र छोटो अवधिको मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन ।
राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुग्यो ।
असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् ।
त्यस्तै २ बैंकले भने बढाएका छन् । हिमालयनले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्डले जम्मा ०.०१ प्रतिशत विन्दुले बढाएको छ ।
साउनमा बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर
|








