काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.४४ अंकले बढेर २६५०.६६ बिन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

सोमबार २ सय १५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ८१ लाख रुपैयाँ संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ सय ६० रुपैयाँ पुगेको छ ।

सोमबार झापा इनर्जि सहित ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४.४४ प्रतिशतले घटेको छ ।