काठमाडौं। नेपाल राष्ट्र बैंकले गभर्नर पाएको दिन नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा गिरावट आएको छ। बुधबार बिहान नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका थिए। योसँगै सेयर बजारमा बिहान ११ बजे २७७१ विन्दुमा पुगेको थियो। त्यसपछि लगातारको गिरावट हुँदै सेयर बजार ७ अंकले गिरावट आएको हो।

आज सेयर बजार २६७० विन्दुमा पुगेर बन्द भएको छ। बुधबार १० अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा धेरै हो।

नेप्सेमा बुधबार भएको कारोबारमध्ये ९३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। १५३ कम्पनीको मूल्य गिरावट हुँदा एक कम्पनीको मूल्य स्थिर भएको छ। कारोबारका आधारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।