काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचौ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सार्वजनिक शान्तिविरुद्धको अपराध गरेको आरोपमा प्रहरीले प्रसाईंविरुद्ध अनुसन्धान सुरु गरेको छ। प्रहरीले प्रसाईंलाई सोमबार मध्यरातमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो।
प्रसाईंले मंसिर ७ देखि विरोध आन्दोलनको घोषणा गरेका थिए। उनीमाथि हालै समाजमा अशान्ति फैलाउने अभिव्यक्ति दिएको आरोप लागेको छ।

प्रसाई ‘नागरिक बचाऊ दल’ का संरक्षकसमेत हुन् । यसअघि तीनकुने घटनामा पनि प्रसाईलाई मुख्य आरोपी करार गरी दुई महिनासम्म हिरासतमा राखिएको थियो । सर्वोच्च अदालतमा हालेको बन्दी प्रत्यक्षीकरण मुद्दामा उनी धरौटीमा रिहा भएका थिए ।