काठमाडौं। नेपालको वैदेशिक मुद्रा भण्डार तीन महिनामा बढेर ११.३१ अर्ब अमेरिकी डलर पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो स्तरले ७ महिना ११ दिनसम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता दिन्छ।
वैदेशिक भण्डार वृद्धि प्रेषण, निर्यात सुधार र आयात घट्दो ट्रेन्डका कारण सम्भव भएको राष्ट्र बैंकले जनाएको छ।




