काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् कात्तिक २८ गते सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा बजारमा कारोबार भएको छ ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला प्रतितोला ६० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।







