काठमाडौं । नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाल (हिमालय रेस्क्यू एशोसिएसन) लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।
बोर्डले संघलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स ४ थान, डिसेन्डर्स ५ थान, पुली ४ थान, स्लिङ्स ५ थान, आइस स्क्रु र पिकेट्स ५ थान, बिले डिभाइस ४ थान, एङ्कर्स ४ थान, र स्लीपिङ ब्याग ५ थान हस्तान्तरण गरेको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्ड निरन्तर काम गरिरहेको बताएका छन् ।






