काठमाडौं । भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ व्यक्ति घाइते भएका छन्।

ADVERTISEMENT

घटनापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका अन्य छवटा कार, दुईवटा ई रिक्सा र एउटा अटोसमेत जले।

ADVERTISEMENT

प्रहरीका अनुसार विस्फोट भएको कारमा तीन जना थिए। कार हरियाणाको गुरुग्राममा सलमान नामका व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ।

प्रहरीले सलमानलाई हिरासतमा लिएको छ। सलमानले कार पुलवामाका तारिकलाई बेचेका थिए, जसको खोजी भइरहेको छ।

ADVERTISEMENT