काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली युनियन ईयूबाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ट्रम्पले शनिबार गरेको यो घोषणा १ अगस्टदेखि कार्यान्वयनमा आउने छ ।
ईयूले सुरुमा अमेरिकासँग औद्योगिक वस्तुहरूमा शून्य–ट्यारिफ व्यापार सम्झौताको प्रस्ताव गरेको थियो । तर महिनौँसम्मको तनावपूर्ण वार्तापछि पनि कुनै सम्झौता हुन सकेन ।
त्यसपछि ट्रम्पले ट्यारिफ घोषणा गरेका हुन् । उनले यस सम्बन्धमा मेक्सिको र युरोपेली संघलाई पत्र लेखेका थिए, जुन उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । ट्रम्पको यो निर्णयपछि २७ सदस्यीय ईयूले अब अमेरिकी बजारमा गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने देखिएको छ ।







