काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले शनिबार राजधानी काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहित अर्थ मन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, तथा उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा लगायतका मन्त्रीहरूको सहभागिता रहेको छ।

ADVERTISEMENT

त्यस्तै, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विदेशी दूतावासका राजदूत, विकास साझेदार, नियोगका प्रमुखहरू, साथै निजी क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी छन् ।

ADVERTISEMENT

महासंघका अनुसार, जेनजी आन्दोलनपछि देशको समग्र आर्थिक अवस्था र आगामी कार्यदिशाबारे साझा धारणा बनाउने उद्देश्यले यो बहस आयोजना गरिएको हो।

एफएनसीसीआईले यसअघि पनि २०८० सालमा पहिलो श्रृंखलाका रूपमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गरेको थियो।