काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
लामो समयदेखि जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार, अझै तीन दिनजति बैठक बस्नेछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्नेछ ।
बैठकमा राष्ट्रिय निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुनर्स्थापनालगायत समसामयिक, राजनीतिक विचार नेताहरूले राखिरहेका छन् ।







