काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पटकपटक सर्दै आएको बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमिति सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।

केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन गर्ने अथवा नियमित महाधिवेशन भन्नेमा बहस हुँदै आएको छ । तर, सहमति जुट्न सकेको छैन ।

बैठकमा संस्थापन र संस्थापनइतर समूह आआफ्नै अडानमा रहेपछि केन्द्रीय समिति बैठक लम्बिएको छ । केन्द्रीय समिति बैठक रोकेर कांग्रेस गुटको भेलामा व्यस्त भएको छ ।