काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले आउँदो वैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।
पार्टीको चलिरहेको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले कार्यतालिकासहित आउँदो वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेका हुुन ।
यस्तै महामन्त्री गगन थापाले आउँदो पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरे ।
आज बैठकमा महाधिवेशनको तालिका नै पेश गर्दै महामन्त्री थापाले तत्काल महाधिवेशन नै पार्टीका लागि आत्मसमीक्षा र पुनर्जन्मको अवसर हुने बताए । ।







