काठमाडौँ । पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि बन्द भएको प्याराग्लाइडिङको सोलो एकल उडान पुनः खुला गरिएको छ ।
पाइलटले तोकिएको क्षेत्रभन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै झन्डै तीन वर्षदेखि रोकिएको एकल उडान नयाँ कार्यविधि बनाएर पुनः खुला गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङको एकल उडानमार्फत देशको पर्यटन प्रवर्धनमा विकास गर्ने उद्देश्यसहित नयाँ कार्यविधि बनाएर उडान खुला गरिएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, “२०७९ असोज ३० गते नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्ट अन्तर्गत खेलका दौरान भएको दुर्घटनापछि एकल उडान बन्द गरिएको थियो ।

अहिले व्यवस्थित उडान कार्यविधि अपनाएर एकल उडानका लागि खुला गरिएको हो ।”
लगातार दुई दिनमा दुई दुर्घटना भएपछि प्राधिकरणले प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएको थियो ।

ADVERTISEMENT

करिब दुई दशकअघिदेखि सुरु भएको पोखरामा सोलो उडान निश्चित मापदण्डका आधारमा पुनः खुला गरिएको भुलले जानकारी दिनुभयो ।