काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र ६२ स्थानमा हाइमास्ट बत्ती जडान गरिएको छ । मेयर बालेन्द्र साह बालेनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यसको जानकारी गराएका छन् ।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर हाइमास्ट लाइट जडान गरिएको हो । यो शक्तिशाली बत्तीहरू धेरै अग्लो पोलमा (साधारणतया ४० देखि १५० फिट उचाइमा) जडान गरिएको एक प्रकाश प्रणाली हो ।

यस्तो बत्ती प्रणाली राजमार्ग, खेल मैदान, विमानस्थल, औद्योगिक क्षेत्रजस्ता ठूलो बाहिरी क्षेत्रहरू उज्यालो पार्न प्रयोग गरिन्छ ।

ADVERTISEMENT

विगतमा काठमाडौंका सडक तथा चोक राति अन्धकार हुन्थे । तर हाइमस्ट लाइट जडानपछि सबैतिर झिलिमिली बनेको छ । यसअघि ललितपुरका विभिन्न सडकमा यस्ताे बत्ती जडान गरिएकाे थियाे ।

ADVERTISEMENT