काठमाडौं । रसुुवामा बाढीको कारणले ठुुलो क्षति भएको छ । भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ । ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले अहिलेसम्म मानवीय क्षति भएको पुष्टि भइसकेको छैन । बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ।  बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो । बाढीका कारण मितेरी पुल बगाएको, टिमुरेमा निर्माधिन सुुक्खा बन्दरगाह(ड्राईपोट) मा क्षति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । बन्दरगाह चीन सरकारको सहयोगमा निर्माणको अन्तिम चरणमा रहेको थियो ।

ADVERTISEMENT

बन्दरगाह बनाउने चाइचिन बेपत्ता रहेको समितिले जनाएको छ । बाढीका कारण धरै मासिनहरु फसेका र उद्दारको लागि कुुरिरहेको बताइएको छ ।