काठमाडौं । चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा बाढी आउँदा रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहमा ठूलो क्षति पुगेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार निर्माणाधीन बन्दगाहको भौतिक पूर्वाधारसहित कामदारतर्फसमेत क्षति भएको छ । यो बन्दरगाहको निर्माण कार्य सम्पन्न हुन १९ प्रतिशत मात्रै बाँकी रहेको अवस्थामा बाढीले सम्पूर्ण भौतिक पूर्वाधारमा क्षति पुर्याउँदै बगाएको छ ।समितिका अनुसार कूल निर्माण कार्यको ६० प्रतिशत भौतिक पूर्वाधार बाढीले क्षतिग्रस्त बनाएको छ । मुख्य कम्प्लेक्स भवन र एक्जिट रोड मात्रै बाँकी छ ।

ADVERTISEMENT

भोटेकोशी नदीको किनारमै निर्माण भइरहेको सुक्खा बन्दरगाह निर्माणमा खटिएका ८ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार सम्पर्कविहीन भएका छन् ।  बाढीले बन्दरगाहको रिटेनिङ्ग वालतर्फ ४ सय मिटर बाढीले बगाएको छ भने बेचिङ्ग प्लान्ट सम्पूर्ण रुपमा बगेको छ । लिटिगेसन सेड, वेयरहाउस, इन्सपेक्सन सेड, ट्वाइलेट ब्लक, वेयरहाउसको फाउन्डेसन, इन्ट्री रोडतर्फको रिटेनिङ्ग वाल, पार्किङ यार्ड फेसिलिटीलगायत सम्पूर्ण रुपमा क्षतिग्रस्त भएको गजुरेलले जानकारी दिए । चीन सरकारको दुुई अर्ब १६ करोड लागतमा बन्दरगाह निर्माण भएको थियो ।

 

ADVERTISEMENT