मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे । केही समययता अन्तरिम सरकारले प्रदेश संरचना खारेज गर्ने चर्चा चलेपछि अर्थमन्त्रीले त्यस विषयमा प्रस्टोक्ति दिएका हुन् ।

ADVERTISEMENT

यस्तै, अर्थमन्त्री रामेश्वर खनालले हाल बजारमा हल्ला चलेजस्तो एक हजार र पाँच सय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने विषयमा सरकारले कुनै छलफल नगरेको स्पष्ट पारे। उनले नोट प्रतिबन्धको हल्लामा कुनै सत्यता नरहेको बताए। मन्त्री खनालले भने, ‘अहिलेको अवस्थामा हजार र पाँच सयको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल भएको छैन।’

भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’ घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए ।

ADVERTISEMENT