काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

यो सडक पहिरोका कारण अवरुद्ध छ । सडक अवरुद्ध हुँदा हजार बढी कन्टेनर अलपत्र परेका छन् । दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा आइपुग्ने सम्भावना कम भइरहेका बेला मन्त्री घिसिङ अनुगमनका लागि पुगेका हुन् ।

मन्त्री हुनेबित्तिकै कुलमानले सरोकारवालाको बैठक बोलाएर सडक खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए ।