काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दैछन् ।
संस्थापन पक्षको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा र देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्न लागेको हो । दुवै समूहका बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन् । संस्थापन पक्षको बैठक हिजोदेखि जारी छ ।
बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको ‘संगठनको आगामी कार्यभार : हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
त्यस्तै, सरकारका पछिल्ला गतिविधि र स्थानीय निर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने उनको भनाइ छ ।
यता देउवा समूहको बैठकमा यही मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने भनिएको समानान्तर महाधिवेशनका विषयमा छलफल हुने केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिएकी छन् ।












